सन्दीपले राखे सर्वाधिक छिटो १५० विकेटको विश्वकिर्तिमान

Nagarik Sewa 4507+ समाचार ( )
४ जेठ २०८३, सोमबार

काठमाडौं। नेपालका स्पिनर सन्दीप लामिछाने एक दिवसीयमा सर्वाधिक छिटो १५० विकेटको विश्वकिर्तिमान राखेका छन्। आज जारी म्याचमा स्कटल्यान्डविरुद्ध २ विकेट लिँदै उनले यो कोसेढुंगा पार गरेका हुन्। 

सन्दीपले ७३ म्याचमा १५० लिएका छन्। यसअघि यो रेकर्ड अष्ट्रेलियाका मिचेल स्टार्कको नाममा थियो। स्टार्कले ७७ म्याचमा १५० विकेट लिएका थिए। स्कटल्यान्डका ब्रान्डेन म्याकमुलनलाई आउट गर्दै सन्दीपले १५० विकेट पुर्‍याएका हुन्।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार