मुख्य समाचार
प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट | भोटेकोसी बाढीपीडितका निम्ति तीन हजार २७९ रोपनी जग्गा पहिचान | त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी भएको मृतक चालकको खुल्यो पहिचान | बिदाइको तामझाम नगरी अमेरिका जाँदै प्रधानमन्त्री | मलाई विस्थापित गर्ने बेमौसमी बाजा बजाइरहेका छन् :केपी ओली | जोखिम नरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई हतकडी लगाउन रोक | सुत्केरीलाई ६ महिना र श्रीमान्‌लाई ४२ दिन बिदा प्रस्ताव संसदमा |

जेठ २० र २१ गते एमालेले कार्यशाला आयोजना गर्दै

Nagarik Sewa 4868+ समाचार ( )
१९ जेठ २०८३, मङ्गलबार

काठमाडौं। नेकपा (एमाले) केन्द्रीय संगठन विभागले जेठ २० र २१ गते राष्ट्रिय कार्यशाला आयोजना गरेको छ।  ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ विषयक दुई दिने राष्ट्रिय कार्यशालाको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्ने एमाले प्रचार विभाग प्रमुख नीरज आचार्यले जानकारी दिए काठमाडौंको बबरमहलस्थित कार्की बैंक्वेटमा हुने कार्यशालाको  जेठ २० बुधवार बिहान ११ बजे उद्घाटन गर्ने कार्यक्रम तय भएको छ। 

फागुन २१ को निर्वाचनपछि अध्यक्ष ओली पहिलो पटक उक्त दिन सार्वजनिक कार्यक्रममा सहभागी हुँदैछन्। पार्टीको सांगठानिक सुदृढीकरण र गतिशीलताका लागि आयोजना गरिएको कार्यशालामा सबै प्रदेश तथा जिल्ला इन्चार्जहरू (भारत प्रवास समेत) को सहभागिता रहने एमालेले जनाएको छ । त्यस्तै पार्टीका प्रदेश कमिटी वा सो सरहका कमिटीका पदाधिकारी र कार्यालय सचिवहरू, जिल्ला कमिटीका अध्यक्ष र संगठन विभाग प्रमुखहरूका साथै जनसंगठन केन्द्रीय कमिटीका अध्यक्ष र संगठन विभाग प्रमुखहरूको अनिवार्य उपस्थिति रहनेछ ।

दुई दिने कार्यशालामा पार्टीको सदस्यता विस्तार, नवीकरण प्रक्रिया र सांगठनिक सुदृढीकरणका भावी योजनाबारे सघन छलफल तथा उत्प्रेरणामूलक अभिमुखीकरण गरिने बताइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार