अखिलले देशैभरी बालेन र सुदनविरुद्ध जाहेरी दिने

Nagarik Sewa 4387+ समाचार ( )
२२ अशोज २०८२, बुधवार

काठमाडौं। एमाले निकट विद्यार्थी संगठन अखिलले आजदेखि देशैभरी काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्ध जाहेरी दिने भएको छ । जेनजी आन्दोलनको क्रममा सार्वजनिक सम्पत्ति तोडफोड र आगजनी भएकाले साह र गुरुङविरुद्ध जाहेरी दिन लागेको अखिलले जनाएको छ ।

सार्वजनिक सम्पत्ति अड्डा अदालत, प्रहरी चौकीमा तोडफोड र आगजनी भएको छ । देशैभरका जिल्ला प्रहरी कार्यालयमा जोहरी दिन्छौं,’ अखिलका महासचिव दीपक धामीले  भने । ‘केन्द्रको समन्वयमा जिल्ला जिल्लामा आजदेखि जाहेरी दिन्छौं,’ उनले भने । यसअघि मंगलबार अखिल जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिन गएको थियो । तर अखिलको जाहेरी दार्ता भएको छैन । प्रहरीले सरकारी वकिलसँग छलफल गरेर २४ घण्टाभित्र जवाफ दिने बताएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार