तोलामा २१ सयले घट्यो सुनको मूल्य

Nagarik Sewa 4507+ समाचार ( )
२२ जेठ २०८३, शुक्रबार

काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य तोलामा २१ सय र चाँदीको मूल्य ५५ रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार आज एक तोला सुनको मूल्य ३ लाख ९ हजार रुपैयाँ कायम भएको छ भने त्यति नै परिमाणको चाँदीको मूल्य ५ हजार २३० रुपैयाँ निर्धारण भएको छ। 

बिहीबार एक तोला सुनको मूल्य ३ लाख ११ हजार १०० रुपैयाँ कायम भएको थियो भने एक तोला चाँदीको मूल्य ५ हजार २८५ रुपैयाँ निर्धारण भएको थियो। गत बुधबार एक तोला सुन ३ लाख ११ हजार ३०० रुपैयाँ र त्यति नै परिमाणको चाँदी ५ हजार ३७० रुपैयाँमा खरिदबिक्री भएको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन ४ हजार ४४३ र त्यति नै परिमाणको चाँदीको ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार