कांग्रेस मधेस सरकारबाट बाहिरियो

Nagarik Sewa 4387+ समाचार ( )
८ अशोज २०८२, बुधवार

काठमाडौं। मुख्यमन्त्री शतिस सिंहको सरकारलाई दिएको समर्थन फिर्ता लिंदै कांग्रेस मधेस सरकारबाट बाहिरिएको छ। प्रदेश राजधानी जनकपुरमा आज बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो । कांग्रेस संसदीय दलका नेता कृष्णा यादवका अनुसार दलको बैठकमा सांसदहरूले सरकारमा नबस्न सुझाव दिए बमोजिम बैठकले निर्णय गरेको हो । 

‘अब औपचारिकरुपमा आजै प्रदेश प्रमुखलाई पत्र पठाएर हामी सरकारबाट बाहिरिनेछौँ,’ उनले भने । कांग्रेसका मन्त्रीहरूलाई आजै फिर्ता बोलाउने तयारी भइरहेको उनले बताए ।  

मुख्यमन्त्री सिंह नेतृत्वको सरकारमा सहभागी भएको १६ महिनापछि सरकारबाट कांग्रेस बाहिरिएको हो । यसअघि जनमत पार्टीले पनि आफ्नै नेतृत्वको सरकार ढाल्दै समर्थन फिर्ता लिइसकेको छ । 

चार दलीय गठबन्धनको सरकारबाट दुई दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री सिंह नेतृत्वको सरकारमा अब एमाले र लोसपा मात्रै सहभागी छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार