मुख्य समाचार
प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट | भोटेकोसी बाढीपीडितका निम्ति तीन हजार २७९ रोपनी जग्गा पहिचान | त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी भएको मृतक चालकको खुल्यो पहिचान | बिदाइको तामझाम नगरी अमेरिका जाँदै प्रधानमन्त्री | मलाई विस्थापित गर्ने बेमौसमी बाजा बजाइरहेका छन् :केपी ओली | जोखिम नरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई हतकडी लगाउन रोक | सुत्केरीलाई ६ महिना र श्रीमान्‌लाई ४२ दिन बिदा प्रस्ताव संसदमा | असोज ९ देखि ११ गतेसम्म ‘भारी’देखि ‘अति भारी’ वर्षाको पूर्वानुमान | फिफाको निलम्बन फुकुवामा उच्चस्तरीय पहल जारी छ: खेलकुद मन्त्री पोखरेल |

काठमाडौं विश्वकै छैटौँ प्रदूषित शहर

Nagarik Sewa 4866+ समाचार ( )
२९ कार्तिक २०८१, बिहीबार

काठमाडौं । काठमाडौं अहिले विश्वकै छटौं प्रदूषित शहर भएको छ । आईक्यू एयरका अनुसार आज बिहान काठमाडौंको प्रदूषण १ सय ७० एक्यूआई मापन गरिएको छ ।

हावाको यो गुणस्तर अस्वस्थकर भएको विज्ञ बताउँछन् । यसको एक सयभन्दा माथिको सूचकांक हुनु मानव स्वास्थ्यका लागि हानिकारक मानिन्छ ।

वातावरण विभागले जनाए अनुसार काठमाडौंमा पनि खुमलटार क्षेत्र सबैभन्दा बढी प्रदूषित छ । खुमलटारको प्रदूषण १ सय ६९ एक्यूआई मापन गरिएको छ । त्यसपछि रत्नपार्क क्षेत्रको प्रदूषण १ सय ६५, भरतपुको १ सय ६४ र शंखपार्कको प्रदूषण १ सय ६२ एक्यूआई मापन गरिएको छ ।

यस्तै पाकिस्तानको लाहोर विश्वकै प्रदूषित शहरको शीर्ष स्थानमा छ । त्यहाँको एक्यूआई ७०८ रहेको छ । यसैगरि एक्यूआई ४२४ मापन गरिएको भारतको नयाँ दिल्ली दोस्रो स्थानमा रहेको छ ।

तेस्रो स्थानमा भियतनामको हानोई रहेको छ भने चौथो र पाँचौँ स्थानमा भारतको कोलकाता र बंगलादेशको ढाका शहर रहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै