मुख्य समाचार
विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न | आज काठमाडौंमा दिनभर वर्षा | एसियाली खेलकुदमा नेपालले जित्यो पहिलो पदक | ट्राफिक अदालत स्थापना गर्न रास्वपा सांसदको माग | प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक |

'कसैको मानवअधिकार हनन् भएको छैन'
'कसैको मानवअधिकार हनन् भएको छैन'

Nagarik Sewa 4875+ समाचार ( )
२५ मंगशिर २०८१, मङ्गलबार

सुर्खेत। गृहमन्त्री रमेश लेखकले कसैको मानवअधिकार हनन नभएको दाबी गरेका छन्। रास्वपा सभापति रवि लामिछानेको विषयमा लक्षित गर्दै उनले मानवअधिकारको विषयमा सरकार गम्भीर रहेको बताए ।

मंगलवार प्रेस युनियन सुर्खेतले वीरेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, 'सरकार हरेक मान्छेको मानवअधिकार रक्षाका लागि गम्भीर छ। प्रत्येक व्यक्तिको मानवअधिकारको रक्षा हुन्छ। कसैको मानवअधिकारको हनन् भएको छैन।'

लाखौं लाख मान्छेको रकम सहकारीमा हिनामिना भएको बताउँदै लेखकले त्यसबारे अनुसन्धान भइरहेको बताए ।

'रवि जीमात्र हैन तमाम मान्छेलाई अनुसन्धान भइरहेको छ  तर कहिले प्रहरी कार्यालय घेरेको छ, कहिले अदालत घेरेको छ । के यो सहि हो त ?,' उनले भने, 'अनुसन्धानलाई प्रभावित गर्ने, सडकमा आएर विधिको शासन उलंघन गर्नु गलत हो ।'

ठगिएकाको चिन्ता नगरी  अनुसन्धान प्रभावित गर्ने कुरा राम्रो नभएको उनको भनाइ छ। प्रहरीको कमजोरी भएको छ भने चितवनबाट आउँदा त्यो हेर्न सकिने उनले बताए।

संविधानको रक्षा र कार्यान्वयन गर्ने, दीगो शान्ति र समृद्धि ल्याउने प्रमुख विषयमा अहिलेको सरकारले काम गरिरहेकाले उनले बताए।

'सरकारलाई स्थायित्व दिएर संविधानले गरेका व्यवस्थालाई सुदृढ गर्दै जाने हाम्रो लक्ष हो, सोही अनुसार हामीले काम गरिरहेका छौं,' उनले भने,'संविधान विरोधी गतिविधि निस्तेज गर्ने कुरामा हामी सबै लाग्नुपर्छ।'

यो संविधानलाई असफल गर्ने छुट कसैलाई नभएको भन्दै उनले लोकतन्त्रको विकल्प लोकतन्त्र नै भएको बताए । मन्त्री बदलिने कुरा हल्ला मात्र भएको उनको दाबी थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार