राहदानी विभागका महानिर्देशक अर्याल नियन्त्रणमा

Nagarik Sewa 4524+ समाचार ( )
२ आश्विन २०८३, मङ्गलबार

काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मंगलबार बिहान राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिएका अर्यालसँग अहिले आयोगको कार्यालय टंगालमा बयान भइरहेको अख्तियार स्रोतले जनाएको छ ।

राहदानी छपाईको ठेक्काको विषयमा भ्रष्टाचार भएको आरोपमा अख्तियारले अनुसन्धान गरिरहेको छ। सोही क्रममा अर्याल पनि पक्राउ परेको स्रोतले जनायो। यसअघि नै अख्तियारले राहदानी विभागबाट यससम्बन्धी कागजात नियन्त्रणमा लिइसकेको थियो। कागजात अध्ययन लगतै अर्यालसँग बयान लिन थालेको हो। यो केसमा अर्यालका साथै व्यवसायी सिद्धार्थ थापा पनि जोडिएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै