प्रधानमन्त्रीले सदनमा आएर विवादित अभिव्यक्ति नसच्याए आन्दोलनको स्वरूप फेर्ने नेकपाको चेतावनी

Nagarik Sewa 4524+ समाचार ( )
२ आश्विन २०८३, मङ्गलबार

काठमाडौं। प्रधानमन्त्रीले सदनमा आएर आफ्नो विवादित अभिव्यक्ति नसच्याए नेपाली कम्युनिस्ट पार्टीले आन्दोलनको स्वरूप फेर्ने चेतावनी दिएको छ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद प्रमेश हमालले प्रधानमन्त्रीको अभिव्यक्ति सच्चाउने र संसद्को रेकर्डबाट हटाउनुपर्ने माग दोहोर्‍याउनुभयो। अहिले नेकपासहित विपक्षी दलका सांसदहरूले बैठकको सुरुमा उठेर आफ्नो कुरा राखेर बैठक चल्न दिने गरेको छ। तर, प्रधानमन्त्री नआए आन्दोलनको स्वरूप फेर्ने चेतावनी दिएका हो।

उहाँले भन्नुभयो, ‘हामीले भनिरहेका छौँ यो संसद्को रेकर्डबाट, अभिलेखबाट यो शब्द हटाइयोस् । यतिका दिन भइसक्यो तर प्रतिफल अपेक्षित आएको छैन । त्यसैले गर्दाखेरि हामीले विरोध जारी राख्नुपरेको छ । हामीले विरोधको यो रूप यसैगरी गर्नुपर्ने हो कि परिवर्तन गर्नुपर्ने हो, सभामुखले यथाशीघ्र रुलिङ गर्नुपर्छ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार