मुख्य समाचार
सार्वजनिक सवारीसाधनको बाटो इजाजत/सञ्चालनमा कडाइ | नेप्सेमा वृद्धि | ट्रम्प र सीबीच हुँदैछ यी महत्वपूर्ण विषयमा छलफल | मूल्यवृद्धिको विषयमा संसदमा वादविवाद | सांसदहरूलाई नियमापत्तिको आधार पुष्टि गर्न निर्देशन | जलवायु जोखिमबाट स्वच्छ ऊर्जा नेतृत्वतर्फ अघि बढ्नुपर्छ : सञ्चार उद्यमी ज्ञवाली | विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न |

ट्रम्पले दिए मोदीलाई दिपावलीको शुभकामना

Nagarik Sewa 4881+ समाचार ( )
६ कार्तिक २०८२, बुधवार

 एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले 'रूसबाट बढी तेल नकिन्ने' बाचा गरेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दाबी गरेका छन्।

ट्रम्पले मंगलबार राति मोदीलाई फोन गरेर दिपावालीको शुभकामना दिएका थिए। मोदीले पनि ट्रम्पको शुभकामनाका लागि धन्यवाद दिए।

मोदीले सामाजिक सञ्जाद 'एक्स' (ट्विटर) मा लेखेका छन्, 'फोन गरेर दिपावालीको शुभकामना दिनुभएकोमा धन्यवाद राष्ट्रपति ट्रम्प। यो उज्यालोको पर्वमा कामना छ, हाम्रा दुई महान लोकतन्त्रहरूले संसारमा आशाको किरण देखाइरहोस् र सबै प्रकारको आतंकवादविरूद्ध एकजुट रहोस्।'

यसअघि मंगलबार ट्रम्पले ह्वाइट हाउसमा दीप जलाएर दिपावाली पर्व मनाएका थिए।ट्रम्पले भने, 'म भारतका जनतालाई माया गर्छु। हामी दुई देशबीच केही उत्कृष्ट सम्झौतामा काम गर्दैछौं। मैले आज प्रधानमन्त्री मोदीसँग कुरा गरेँ र हाम्रो सम्बन्ध धेरै राम्रो छ। उनी रूसबाट बढी तेल किन्ने छैनन्।'

ट्रम्पले अगाडि थपे, 'उनी पनि मजस्तै रूस र युक्रेनबीच युद्ध अन्त्य होस् भन्ने चाहन्छन्। उनी रूसबाट तेल धेरै किन्दै छैनन्। लगातार कटौती गर्दैछन्।'

ट्रम्पले भारतीय प्रधानमन्त्री मोदीसँग व्यापार विषयमा पनि छलफल भएको बताए र भने, 'हामीले पाकिस्तानसँग युद्ध हुन नदिनुपर्ने विषयमा पनि कुरा गरेका थियौं। हाम्रो भारत वा पाकिस्तानसँग कुनै झगडा छैन।'

ट्रम्पले मोदीलाई आफ्नो राम्रो साथी भन्दै भने, 'उनी महान व्यक्तित्वका धनी हुन्। विगत केही वर्षमा मेरो धेरै राम्रो मित्र बनेका छन्। केही समयमै हामी अन्धकारमाथि प्रकाशको विजयको प्रतीकका रूपमा दीप जलाउनेछौं। यो अज्ञानमाथि ज्ञानको जीत हो।'

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै