प्रकाश विष्ट रास्वपा सुदूरपश्चिम सभापति निर्वाचित

Nagarik Sewa 4524+ समाचार ( )
२ आश्विन २०८३, मङ्गलबार

काठमाडौं। रास्वपा सुदूरपश्चिम प्रदेश सभापतिमा प्रकाश विष्ट निर्वाचित हुनुभएको छ। नयाँ नेतृत्व चयनका लागि मंगलबार भएको निर्वाचनमा उहाँ ३५८ मतसहित विजयी भएका हुनुभएको हो ।

उहाँका प्रतिद्वन्द्वी जनक सिंह धामीले १५४ मत पाएको निवर्तमान महामन्त्री सन्तोषराज जोशीले जानकारी दिए। नवनिर्वाचित सभापति विष्ट यसअघि रास्वपा सुदूरपश्चिम प्रदेशको तदर्त समितिका सभापति थिए । सुदूरपश्चिम कार्यसमितिका अन्य पदहरुको निर्वाचन भने आजै दिउँसो २ बजेपछि निर्वाचन हुनेछ । रास्वपाको सुदूरपश्चिम प्रदेश अधिवेशन सोमबारदेखि सुरु भएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै