आज संसदमा मन्त्रीहरूले प्रश्नको जवाफ दिँदै

Nagarik Sewa 4524+ समाचार ( )
३ आश्विन २०८३, बुधवार

काठमाडौं। प्रतिनिधिसभामाको बिहान ११ बजे बस्ने बैठकमा आज मन्त्रीहरूले सम्बन्धित मन्त्रालयको बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदैछन्। विनियोजन विधेयकमाथिको छलफलमा उठेको प्रश्नको जवाफ र स्पष्टीकरण दिने कार्यसूची छ। 

जस अन्तर्गत युवा, श्रम तथा रोजगार मन्त्रालयमाथि उठेका प्रश्नको जवाफ दिने कार्यक्रम छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि, वन तथा पर्यावरण मन्त्रालयस सूचना तथा सञ्चार मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जवाफ पनि आजै प्रस्तुत हुनेछ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय मन्त्रालयका विभिन्न शीर्षकहरूमाथिको छलफलको क्रममा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यक्रम छ। गत जेठ १५ मा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले २१ खर्ब २४ अर्ब ३४ करोडको बजेट ल्याएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार