प्रधानमन्त्री ओलीद्वारा तराई मधेसको सुख्खा ग्रस्त क्षेत्र अवलोकन

Nagarik Sewa 4387+ समाचार ( )
१० श्रावण २०८२, शुक्रबार

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले तराई मधेसको सुख्खा ग्रस्त क्षेत्रको आज अवलोकन गर्नुभएको छ ।

नेपाल सरकारले ३ महिना अवधिको लागि मधेस प्रदेशभर विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको थियो । वर्षाको समयमा पानी नपरेसँगै किसानको धान रोपाइँ प्रभावित भएपछि समस्यालाई कसरी समाधान गर्ने भन्नेमा प्रधानमन्त्री ओलीले यसअघि सम्बन्धित मन्त्री, प्रदेश सरकार र उच्चधिकारीसँग छलफल गर्नुभएको थियो ।

प्रधानमन्त्री ओली महोत्तरी र बाराका कार्यक्रममा पनि सहभागी हुनुहुनेछ । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार