काठमाडौंं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अशोक चौधरीले मैलामैत्री ब्लु बस सेवा तत्काल सुरु गर्न माग गरेका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा उनले सार्वजनिक यातायातमा यात्रा गर्दा आफूलाई एक महिलाले सार्वजनिक यातायात सुरु गर्ने योजना कहाँ पुगेको भनि सोधेको सुनाए ।
सार्वजनिक यात्रामा महिलाले अनुचित स्पर्श, दुर्व्यवहार भोग्नुपरेको बताए । “सरकारको सयदिने प्राथमिकतामा समेटिएको महिलामैत्री ब्लु बस सेवा तत्काल कार्यान्वयन गर्न सरकारसँग जोडदार माग गर्दछु,” उनले भने ।