प्रधानमन्त्री बालेन स्वदेश फिर्ता

Nagarik Sewa 4888+ समाचार ( )
१० अशोज २०८३, शनिबार

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर अमेरिकाबाट स्वदेश फर्किएका छन् । शनिबार (असोज १०) अपराह्न उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै काठमाडौं आइपुगेका हुन् ।

प्रधानमन्त्री बालेन असोज ६ गते १४ सदस्य नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै महासभामा सहभागी हुन न्युयोर्क गएका थिए । उनले स्थानीय समयानुसार असोज ८ गते महासभामा सम्बोधन गरेका थिए ।

उक्त सम्बोधनका क्रममा उनले हालै नेपालमा आएको भीषण बाढीको विषय प्रमुखताका साथ उठाएका थिए । ‘हिमाली सुनामी’को विपत्तिको विषय उनले विश्व समुदायसामु राखेका थिए ।

महासभाको ‘साइडलाइन’मा प्रधानमन्त्री बालेनले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस र अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजसँग भेटवार्ता समेत गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै