सुनचाँदीको मूल्यमा गिरावट

Nagarik Sewa 4894+ समाचार ( )
१२ अशोज २०८३, सोमबार

काठमाडौं । स्थानीय बजारमा आज (असोज १२) सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला पाँच हजार रुपैयाँले घटेको छ । चाँदीको मूल्य पनि तोलामा १४५ रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ९४ हजार ३०० रुपैयाँ कायम छ । त्यति नै परिमाणको चाँदीको मूल्य चार हजार ५१० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

आइतबार (असोज ११) छापावाल सुन प्रतितोला दुई लाख ९९ हजार ३०० रुपैयाँमा किनबेच भएको थियो । त्यति नै परिमाणको चाँदी प्रतितोला चार हजार ६५५ रुपैयाँमा खरिदबिक्री भएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार