मुख्य समाचार
प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट | भोटेकोसी बाढीपीडितका निम्ति तीन हजार २७९ रोपनी जग्गा पहिचान | त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी भएको मृतक चालकको खुल्यो पहिचान | बिदाइको तामझाम नगरी अमेरिका जाँदै प्रधानमन्त्री | मलाई विस्थापित गर्ने बेमौसमी बाजा बजाइरहेका छन् :केपी ओली | जोखिम नरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई हतकडी लगाउन रोक | सुत्केरीलाई ६ महिना र श्रीमान्‌लाई ४२ दिन बिदा प्रस्ताव संसदमा | असोज ९ देखि ११ गतेसम्म ‘भारी’देखि ‘अति भारी’ वर्षाको पूर्वानुमान | फिफाको निलम्बन फुकुवामा उच्चस्तरीय पहल जारी छ: खेलकुद मन्त्री पोखरेल |

विपिन जोशीको आमा र बहिनी इजरायल प्रस्थान

Nagarik Sewa 4866+ समाचार ( )
२७ श्रावण २०८२, सोमबार

काठमाडौं। विपिन जोशीको आमा पद्मा जोशी र बहिनी पुष्पा जोशी सोमबार बिहान इजरायल प्रस्थान गरेका छन्। हमासद्वारा बन्धक बनाइएका कञ्चनपुरका जोशीको रिहाइका लागि अन्तर्राष्ट्रिय दबाब बढाउने उद्देश्यले उनीहरु इजराइल गएको भनिएको छ ।

उनीहरू फ्लाइ दुबईको विमानमार्फत इजरायलतर्फ प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भावुक माहोल देखिएको थियो। विमानस्थल प्रवेश गर्दा आमा र छोरी दुवैको आँसु थामिन सकेन।

इजरायल सरकारले विपिनको रिहाइका लागि अभियानलाई सशक्त बनाउने उद्देश्यका साथ उनीहरूलाई त्यहाँ लैजान लागेको हो। विपिन ‘सिक्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका थिए। जसअनुसार विपिन  विपिन वि.सं. २०८० असोज २० गतेदेखि परिवारको सम्पर्कमा छैनन्। हमासद्वारा कब्जा गरिएका कैयन् बन्दी रिहा भइसक्दा उनको अवस्था अझै पत्ता लाग्न सकेको छैन । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै