काठमाडौं । गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक गुरुङ (मनाङे) नेपाली कांग्रेस प्रवेश गरेका छन् । मनाङे मंगलबार कांग्रेस संस्थापन इतर समूह प्रवेश गरेका हुन् । मनाङेलाई १५औँ महाधिवेशन आयोजक समितिका संयोजक डा. शशांक कोइरालले मनाङको संयोजकको जिम्मेवारी दिएका छन् ।