काठमाडौं। नागरिक फ्रन्टलाइनमा कुराकानी गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाप्रति आफ्नो सहानुभूतिसहित साथ सहयोग रहने वचन व्यक्त गर्नुभएको छ। ‘म राजनीतिक व्यक्ति भएका कारण कुराकानी हुने नै भयो। शेरबहादुरजीसँग ५२ वर्ष देखिको मित्रता छ,’ ओलीले भने, ‘उहाँमाथि त्यत्रो अमानवीय व्यवहार भएको छ। उहाँप्रति गम्भीर सहानुभूति छ।’
८२ वर्षको उमेरको मान्छेमाथि त्यस प्रकारको दुर्व्यवहार भएकोमा आफूलाई दुख लागेको ओलीले बताउनुभयो। ‘कुनै गल्ती उहाँले गर्नुभएको कानुनी उपचार खोज्न सकिन्थ्यो। तर कानुनी उपचार नखोजेर उद्दण्डता भयो। त्यो आपराधिक क्रियाकलाप हो। हामी त्यसलाई समर्थन गर्न सक्दैनौ,’ ओलीले भन्नुभयो।
देउवाप्रति आफ्नो सहानुभूति रहेको ओलीले बताउनुभयो। उहाँले भन्नुभयो, ‘उहाँ प्रति मेरो सहानुभूति छ, सद्भाव छ। समर्थन छ। मेरो साथ सहयोग उहाँहरूलाई रहन्छ।’