काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ। मंगलबार छापावाल सुनको मुल्य तोलाको ४०० रुपैयाँले बढेर तोलाको ३ लाख ९ हजार ९ सयमा कारोबार भइरहेको छ। यसअघि सोमबार सुन तोलाको ३ लाख ९ हजार ५ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। महासङ्घका अनुसार आज चाँदी तोलाको ७० रुपैयाँले बढेर ५३३५ मा कारोबार भइरहेको छ। यसअघि सोमबार चाँदी तोलाको ५२६५ मा कारोबार भएको थियो।