काठमाडौंमा वायु प्रदूषण उच्च

Nagarik Sewa 4401+ समाचार ( )
१९ चैत्र २०८१, बुधवार

काठमाडौं। काठमाडौं उपत्यकामा उच्च वायु प्रदूषण भएको छ भएर निकै अस्वस्थकरको तहमा पुगेको छ।  काठमाडौं प्रदूषित शहरको सूचीमा बुधबार बिहान विश्वमै दोस्रो नम्बरमा छ भने भारतको दिल्ली पहिलो नम्बरमा छ । आइक्यूएयरको तथ्यांक अनुसार आज बिहान काठमाडौंको औसत एयर क्वालिटी इन्डेक्स (एक्यूआई) २६८ माइक्रोग्राम प्रतिघनमिटर मापन गरिएको छ । 

पहिलो स्थानमा रहेका दिल्लीमा बिहान ३९५ प्रतिघण्टा २६१ माइक्रोग्राम प्रतिघनमिटर मापन गरिएको छ । प्रदूषणले काठमाडौंको आकाश तुवालोले ढाकेको छ । तुवालोका कारण काठमाडौंमा घाम देखिएको छैन । ​

जबकि १०१ देखि १५० लाई नै संवेशनशील समूहका लागि अस्वस्थ मानिन्छ । १५१ देखि २०० सम्मलाई अस्वस्थ, २०१ देखि ३०० सम्मलाई निकै अस्वस्थ र ३०१ भन्दा माथि मापन भए खतरनाक तह पुगेको मानिन्छ ।काठमाडौँको वातावरण स्वास्थ्यको लागि एकदमै हानिकारक रहेकाले सचेतना अपनाउन विग्यहरुले सुझाव समेत दिएका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार