क्यानसँगको सम्झौतामा नरहने सन्दीप लामिछानेको घोषणा

Nagarik Sewa 4883+ समाचार ( )
१ जेठ २०८२, बुधवार

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै यसपटक नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय सम्झौतामा समावेश नहुने घोषणा गरेका छन्। 

लामिछानेले यो निर्णयलाई क्रिकेट वा राष्ट्रबाट टाढा हुने कदम नभई, व्यक्तिगत र पेशागत विकासतर्फको पाइलो भएको बताएका छन्। ‘यो छुट्टिनु होइन, बरु विकास र उद्देश्यतर्फको यात्रा हो’ उनले भनेका छन्।

सन्दीपले क्यानप्रति आभार प्रकट गर्दै भनेका छन्, ‘क्यानले मेरो क्रिकेट यात्रा र नेपालको क्रिकेटलाई अघि बढाउन खेलेको भूमिकाको म उच्च कदर गर्छु।’ उनले आफ्नो अनुभव र योगदानको माध्यमबाट अझ धेरै सिक्ने र दिन बाँकी रहेको उल्लेख गरेका छन्। ‘जीवन निरन्तर बदलिंदै जाने यात्रा हो। म क्रिकेटसँगै जीवनका नयाँ आयामहरूमा समेत अघि बढ्न उत्साहित छु’ लामिछानेले लेखेका छन्। उनले नेपालका लगी खेल्न जारी राख्ने समेत जनाएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार