स्थापना दिवसको कार्यक्रममा गएनन् ओली

Nagarik Sewa 4401+ समाचार ( )
९ वैशाख २०८३, बुधवार

काठमाडौं । नेकपा (एमाले) ले नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ७७औँ दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष केपी शर्मा ओली सहभागी भएनन् । कार्यक्रममा अध्यक्ष ओली आउने बताइए पनि स्वास्थ्य अवस्थाका कारण सहभागी नभएको उनको सचिवालयले जनाएको छ ।

नेकपा एमालेका प्रेस संयोजक मीनबहादुर शाहीले भने, “उहाँ केही दिनअघि मात्रै डिस्चार्ज हुनुभएको हो । चिकित्सकले पनि भीडमा नजानु भनेका छन् । स्वास्थ्य स्थितिलाई मध्यनजर गरेर अध्यक्ष ज्यु सहभागी हुनुभएन । पहिलो स्वास्थ्य हो त्यसपछि अरु कुरा आउँछ ।”

नेकपा स्थापनाको ७७औँ दिवसका अवसरमा एमालेले पार्टी केन्द्रीय कार्यालयमा कार्यक्रम आयोजना गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार