चितवनको राप्तीमा भएको बस दुर्घटना परि ७ जनाको मृत्यु, २४ जना घाइते

Nagarik Sewa 4387+ समाचार ( )
७ आश्विन २०८२, शनिबार

काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको राप्ती नगरपालिका–४ डडुवा भन्ने स्थानमा भएको दुर्घटनाका मृतक र घाइते सबैको पहिचान खुलेको छ । शनिबार दिउँसो सो स्थानमा बस र इभी माइक्रो दुर्घटना हुँदा ७ जनाको मृत्यु छ । त्यस्तै, घाइतेको संख्या २४ जना पुगेको छ ।

पाँच जनाको घटनास्थलमै र दुई जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । शव भरतपुर अस्पतालको शव गृहमा राखिएको छ । धनगढीबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १–०१– ००१ ख ३५८३ नम्बरको बस र मकवानपुरबाट नारायणगढतर्फ आउँदै गरेको बागमती प्रदेश ०३ –००१ज २९९ नम्बरको ईभी गाडी ठक्कर खाँदा दुर्घटना भएको हो ।

घाइतेहरूको भरतपुर अस्पताल, पुरानो मेडिकल कलेज र चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । तीव्र गति र सम्भावित ब्रेक फेलका कारण दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । घटनाबारे विस्तृत अनुसन्धान भइरहेको चितवन प्रहरी प्रमुख गोविन्द पुरीले जनाएका छन् । दुर्घटनापछि केही समय सडक अवरुद्ध भए पनि अहिले आवागमन सञ्चालनमा आएको छ ।

मृतकहरू :

१) मकवानपुर हटिया ३ बस्ने ५५ वर्षीय सोम प्रसाद रुपाखेती ।

२) मकवानपुर हेटौंडा ५ बस्ने ५३ वर्षीया मैंया कुमारी न्यौपाने पहाडी ।

३) हाल नामथर वतन नखुलेको अन्दाजी १८/१९ वर्षीया महिला ।

४) हाल नामथर वतन नखुलेकी अन्दाजी २४/२५ वर्षीया महिला ।

५) हाल नामथर वतन नखुलेको अन्दाजी २२/२३ वर्षीया पुरुष ।

६) नामथर वतन नखुलेकी अन्दाजी ३०/३५ वर्षीया गर्भवती महिला ।

७) नामथर वतन नखुलेका अन्दाजी ३५/४० वर्षीया पुरुष ।

यी हुन घाइतेहरू:

१) मकवानपुर हेटौंडा उ.म.न.पा.१३ बस्ने १६ वर्षीय सक्षम थापा ।

२) मकवानपुर हेटौंडा उ.म.न.पा.१२ का वर्षीय ३२ को सिंहबिर घलान ।

३) मकवानपुर हेटौंडा उ.म.न.पा.४ का ३१ वर्षीय विष्णु लम्साल ।

४. मकवानपुर हेटौंडा उ.म.न.पा.८ का ३४ वर्षीया गंगा घलान ।

५) झापा गौरादह नगरपालिका ९ बस्ने अन्दाजी ६५ वर्षीया सुशिला बराल ।

६) झापा गौरादह नगरपालिका ९ बस्ने अन्दाजी ६७ वर्षीया उमा बराल ।

७) कञ्चनपुर बेलौरी नगरपालिका ४ बस्ने ४८ वर्षीय वीरबहादुर जैसी ।

८) रुकुम पश्चिम आठबिसकोट नगरपालिका ९ बस्ने अन्दाजी ३० वर्षीय सन्देश ओली ।

९) अछाम साफेबगर नगरपालिका १० बस्ने ३२ वर्षीय अर्जुनबहादुर राउत ।

१०) कैलाली लम्कि चुवा नगरपालिका ८ बस्ने ४५ वर्षीय जम बुढा ।

११) कञ्चनपुर पूर्णवास नगरपालिका ६ बस्ने ७० वर्षीया चन्द्रकुमारी थापा ।

१२) झापा गौरदह नगरपालिका ६ बस्ने ७० वर्षीया टिका न्यौपाने ।

१३) कञ्चनपुर पूर्णवास नगरपालिका ६ बस्ने ६९ वर्षीय जम बा थापा ।

१४) कैलाली गोरीगगा नगरपालिका ११ बस्ने ३२ वर्षीया सुरेश बोगटी ।

१५) कैलाली लम्कीचुवा नगरपालिका १ बस्ने ३७ वर्षीय लोकेन्द्र बुढा ।

१६) कैलाली लम्कीचुवा नगरपालिका १ बस्ने ४८ वर्षीय बल सिंह बुढा ।

१७) रौतहट चपुर नगरपालिका ७ बस्ने ४५ वर्षीय वुलटन साह ।

१८ ) मकवानपुर बकैया गाउँपालिका ४ बस्ने २६ वर्षीय अनिसा घिमिरे

१९) कालिकोट पलाता गाउँपालिका ४ बस्ने ५३ वर्षीय रत्न बुढा ।

२० ) झापा दमक नगरपालिका ८ बस्ने ८३ वर्षीया लक्ष्मी पौडेल ।

२१) झापा मेचि ना पा १५ बस्ने २३ वर्षीय प्रवेश सौरेन ।

२२) सप्तरी राजविराज नगरपालिका ५ बस्ने ५६ वर्षीय श्रीचन्द्र राय ।

२३) कैलाली गोदावरी नागरपालिका ४ बस्ने ३४ वर्षीय महेश चौधरी ।

२४) मोरङ बेलबारी नगरपालिका ७ बस्ने २७ वर्षीय सुमन चौधरी ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार