सरकारी राजनीतिक संवाद टोली राप्रपाकाे पार्टी कार्यालयमा

Nagarik Sewa 4401+ समाचार ( )
९ पौष २०८२, बुधवार

काठमाडाैं। अन्तरिम सरकारका कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले राजनीतिक दलहरुसँगको छलफल सकारात्मक र फलदायी रहेको बताउनुभएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेताहरुसँगको भेटका क्रममा राप्रपा कार्यालय बुधबार पुग्नुभएका मन्त्री सिन्हाले यस्तो बताउनुभएको हो । उहाँले आउने प्रतिनिधि सभा निर्वाचनलाई कसरी प्रभावकारी, धाँदलीरहित र स्वतन्त्र एवं सहज बनाउने भन्ने बारेमा छलफल भएको बताउनु भयो । उहाँले राप्रपाले निर्वाचन गराउनैपर्ने र त्यसका लागि आवश्यक सहयोग गर्न आफूहरु तयार रहेको प्रतिवद्धता जनाएको पनि बताउनुभएकाे छ। उहाँले आगामी दिनमा आवश्यक सुझाव दिँदै जानेबारे छलफल भएको बताउनुभयो ।

सरकारद्वारा गठित राजनीतिक संवाद समितिको तर्फबाट कानूनमन्त्री अनिलकुमार सिन्हा, सञ्चारमन्त्री खरेलसहित प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख सल्लाहकार अजयभद्र खनाल निर्वाचनको वातावरण बनाइदिन आग्रह गर्दै राजनीतिक दलहरुको कार्यालयमा धाइरहेका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै