दुर्गा प्रसाईं पक्राउ

Nagarik Sewa 4387+ समाचार ( )
४ मंगशिर २०८१, मङ्गलबार

काठमाडौं। दुर्गा प्रसाईं भक्तपुरस्थित निवासबाट पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले अभियन्ता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई साइबर अपराधको मुद्दामा पक्राउ गरिएको जानकारी दिएको छ । 

सीआईबी प्रवक्ता होविन्द्र बोगटी  ‘फेक डकुमेन्ट’ को सहारामा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दुष्प्रचार गरेको पाइएपछि नियन्त्रणमा लिइएको बताए । 

प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम मुद्दा चलाइने भएको छ । प्रसाईले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियामा लगानी गरेको भन्दै प्रचार गरेका थिए । उनको दाबीमा सत्यता नदेखिएको सीआइबीले जानकारी दिएको छ । 




प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै