तोलामा १ हजारले बढ्यो सुनको मूल्य

Nagarik Sewa 4387+ समाचार ( )
२६ मंगशिर २०८२, बिहीबार

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेको छ। बुधबार प्रतितोला दुई लाख ५२ हजार १०० रुपैयाँमा कारोबार भएको सुन बिहीबार बढेर दुई लाख ५३ हजार १०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

यस दिन चाँदीको मूल्य प्रतितोला ५५ रुपैयाँले वृद्धि भएर तीन हजार ८०५ रुपैयाँ पुगेको महासंघले जनाएको छ। अघिल्लो दिन प्रतितोला तीन हजार ७५० रुपैयाँमा कारोबार भएको थियो। 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार