मुख्य समाचार
विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न | आज काठमाडौंमा दिनभर वर्षा | एसियाली खेलकुदमा नेपालले जित्यो पहिलो पदक | ट्राफिक अदालत स्थापना गर्न रास्वपा सांसदको माग | प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक |

९.०९ अंकले बढ्यो नेप्से

Nagarik Sewa 4875+ समाचार ( )
५ मंगशिर २०८१, बुधवार

काठमाडौं। नेप्से परिसूचक ९.०९ अंकले बढेर २७११.७५ विन्दुमा बन्द भएको छ। बुधबार धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक बढे पनि कारोबार रकममा भने कमी आएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कारोबार रकममा एकै दिन तीन अर्ब ३८ करोडले कमी आएको हो । आज सात अर्ब नौ करोड २८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । मंगलबार १० अर्ब ४६ करोड ८३ लाख रुपैयाँको सेयर कारोबार भएको थियो ।

यस दिन १४३ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने ८९ कम्पनीको सेयर मूल्य घटेको छ । ११ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।

कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, नेपाल हाइड्रो डेभलपर्स, सप्तकोसी डेभलपमेन्ट बैंक र महिला लघुवित्त वित्तीय संस्थको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । गुराँस लघुवित्त वित्तीय संस्थको सेयर मूल्य भने १० प्रतिशतले घटेको छ । 

कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये आठ वटाको परिसूचक वृद्धि भएको छ भने बाँकी समूहको परिसूचक घटेको छ । सर्वाधिक परिसूचक वृद्धि विकास बैंक समूहको भएको छ । यो समूहको परिसूचक ३।३८ प्रतिशतले वृद्धि भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै