गोली लागेर घाइते भएकी रेबिका ८० औँ दिनमा अस्पतालबाट डिस्चार्ज

Nagarik Sewa 4392+ समाचार ( )
३ आश्विन २०८२, मङ्गलबार

काठमाडौं। चैत १५ गते राजावादी आन्दोलनका क्रममा प्रहरीले चलाएको गोली लागेर घाइते भएकी उदयपुरको चौदण्डीगढी–६ की रेबिका खत्री ८० औँ दिनमा सोमबार साँझ शिक्षण अस्पतालबाट डिस्चार्ज भएकी छन्। तीनकुनेस्थित कोटेश्वर क्याम्पसमा बीबीएस तेस्रो वर्षमा पढिरहेकी रेबिकालाई कोटेश्वरस्थित भाटभटेनी विपरीत बाटोमा प्रहरीले चलाएको गोली लागेको थियो। 

उनलाई सोही दिन बानेश्वरस्थित सिभिल अस्पताल लगिएको थियो । सिभिलले गत जेठ ११ गते टिचिङमा रेफर गरेको थियो। रेबिकालाई अस्पतालले डिस्चार्ज गरेकोमा अझैं हिँड्न भने नसक्ने र बेड रेस्टमै रहेको रेबिकाकी दिदि अनिताले जानकारी दिइन् । उनकाअनुसार अस्पतालको बिल सरकारले ब्यहोरेकोमा उपचारका क्रममा भएको अन्य खर्च भने राज्यले अझैं भुक्तान गरेको छैन । ’अस्पतालको बिल सरकारले ब्यहोर्ने भयो । अन्य खर्च करिब ९ लाख भन्दा बढी भएकोमा त्यो भुक्तान भएको छैन,’ उनले भनिन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै