सिक्टामा सकियो २३ अर्ब ७७ करोड

Nagarik Sewa 4387+ समाचार ( )
५ वैशाख २०८३, शनिबार

बाँके । दुई दशकदेखि निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना हालसम्म ४६ प्रतिशत मात्रै निर्माण भएको छ । आर्थिक वर्ष २०६१/०६२ बाट निर्माण सुरु भएको उक्त आयोजनाको भौतिक प्रगति ४६ प्रतिशत मात्रै रहेको हो । 

सिक्टा सिँचाइ आयोजनाका निर्देशक राजु आचार्यले आयोजना सुरु भएदेखि हालसम्मको खर्च २३ अर्ब ७७ करोड २९ लाख पुगेको बताए । हालसम्म कुल गुरुयोजनाको तुलनामा ४४ दशमलव ९५ प्रतिशत वित्तीय र ४६ प्रतिशत भौतिक प्रगति भएको आचार्यले बताए । 

चालु आर्थिक वर्षका लागि स्वीकृत गुरुयोजनाअनुसार तीन अर्ब ३० करोड ५९ ला बजेट प्रस्ताव गरिएको थियो । जसमध्ये आयोजनालाई एक अर्ब ५७ करोड बजेट प्राप्त भएको आचार्यले बताए । 

राप्तीसोनारी गाउँपालिका–२ अगैयास्थित राप्ती नदीमा बाँध निर्माण गरी सञ्चालन गरिएको आयोजनाले जिल्लाको ४२ हजार ७६६ हेक्टर जमिनमा सिँचाइ पुर्‍याउने लक्ष्य लिएको छ ।त्यसमध्ये आर्थिक वर्ष २०२८/८३ को चैत मसान्तसम्म २४ हजार हेक्टर जमिनमा सिँचाइ पुगेको आयोजनको भनाइ छ ।

२०७०/७१ को आर्थिक वर्षमा सम्पन्न गर्ने हिसाबले आयोजनलाई १२ अर्ब ७७ करोड बजेट सुरुवातमा स्वीकृत भएको थियो ।  उक्त गुरु योजनाअन्तर्गत तीन चरणमा आयोजना सम्पन्न गर्ने कल्पना गरिएको थियो ।  पहिलो र दोस्रो चरणसम्मका कार्यका लागि १२ अर्ब ८० करोड रुपैयाँ  अनुमान गरिएको थियो । 

आयोजनाबाट बाँकेका १७ हजार परिवारका चार लाख कृषकले फाइदा लिने देखिन्छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार