विपिन जोशीको अवस्था अहिलेसम्म अज्ञात छः परराष्ट्रमन्त्री डा. राणा

Nagarik Sewa 4387+ समाचार ( )
९ आश्विन २०८२, सोमबार

काठमाडौं। सोमबारको प्रतिनिधिसभा बैठकमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले प्यालेस्टाइनको हमास समूहले बन्दी बनाएर राखेको भनिएका नेपाली नागरिक विपिन जोशीको अवस्था अहिलेसम्म अज्ञात रहेको जानकारी दिनुभएको छ ।  

बैठकमा आगामी आर्थिक वर्षको बजेटबारे मन्त्रालयगत छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा परराष्ट्रमन्त्री राणाले जोशीको अवस्था अहिलेसम्म अज्ञात रहेको जानकारी गराउनुभएको हा। राणाले सरकार उनको रिहाइका लागि प्रयासरत रहेको समेत सदनलाई जानकारी गराउनुभयो। 

‘विपिन जोशीको रिहाइका लागि हामीले सक्दो प्रयास गरेका छौँ । सम्माननीय प्रधानमन्त्री स्वयंले इजिप्टका राष्ट्रपतिलाई फोनमार्फत अपिल गर्नुभएको छ । सभामुख देवराज घिमिरेले अरब संसद्का अध्यक्षलाई सम्बोधन गर्दै पत्र लेख्नुभएको छु, उहाँले भन्नुभयो, 'म स्वयंले कतार संयुक्त अरब इमिरेट्सका परराष्ट्र राज्यमन्त्रीहरू, एजिप्ट टर्की र इरानका परराष्ट्रमन्त्रीहरू पत्र लेखी अनुरोध गरेँ' । 

ओमानमा आयोजित इन्डियन ओसियन कन्फ्रेन्समा कतार र संयुक्त अरब इमिरेट्सका राज्यमन्त्री र इरानका समकक्षीसँग भेट गरेर अनुरोध गरेको गरेको पनि उहाँले बताउनुभयो। 

उहाँले जोशीको खोजीमा हार मान्न नहुने बताउनुभयो। हमास समूहले इजरायलमा गरेको आक्रमणका बेला झन्डै दुई वर्षअघि त्यहाँ अध्ययनका लागि पुगेका जोशी अपहरणमा परेका थिए । त्यसयता उनको अवस्था अज्ञात रहँदै आएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार