काठमाडौं। साताको चौथो कारोबार दिन बुधबार नेप्से परिसूचक ४.४५ अंकले घटेर दुई हजार २ हनार ७ सय ११ बिन्दुमा बन्द भएको छ ।
आज कारोबार रकम भने बढेको छ । मंगलबार ८ अर्ब ९१ करोड ९६ लाख रुपैयाँ बराबरको १ करोड ६९ लाख १७ हजार ८३५ कित्ता शेयर किनबेच भएकोमा आज कारोबार रकम सामान्य बढेको हो ।
८ अर्ब ९५ करोड ८० लाख रुपैयाँ बराबरको १ करोड ९१ लाख ८१ हजार ४१४ कित्ता शेयर कारोबार भएको छ ।आज १३ उपसमूहमध्ये ८ उपसमूहको शेयरमूल्य घट्दा ५ उपसमूहहरू फाइनान्स, ऊर्जा, म्युअल फण्ड, निर्जीवन बीमा र अन्य उपसमूहको शेयर बढेको छ ।
आज उपकार लघुवित्त, छ्याङ्दी हाइड्रोपावर र सेन्ट्रल फाइनान्सको शेयरमूल्यमा सर्किट लागेकोमा सामुदायिक लघुवित्त र कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले सर्वाधिक १० प्रतिशत गुमाएका छन् ।