काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले प्रत्यक्ष निर्वाचित सांसद नभएका क्षेत्रमा समानुपातिक सांसदलाई खटाउने भएको छ ।
आइतबार बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । जिल्ला र निर्वाचन क्षेत्रसहितको जिम्मेवारीको सूची सोमबार बस्ने केन्द्रीय समितिको बैठकबाट रास्वपाले पारित गर्देछ ।
प्रतिनिधिसभा निर्वाचनमा १८२ सिट प्राप्त रास्वपाले प्रत्यक्षतर्फ १२५ निर्वाचन क्षेत्रमा जित हात पारेको थियो भने समानुपातिकतर्फ ५७ सिट प्राप्त गरेको थियो ।