बाढीको पीडा समेटिएको गीत सार्वजनिक

Nagarik Sewa 4925+ समाचार ( )
१८ अशोज २०८३, आइतबार

काठमाडौं । बाढीले पुर्‍याएको विनाशकारी क्षति र पीडालाई आधार बनाएर तयार पारिएको गीत ‘खै कहाँ छ मेरो गाउँ’ सार्वजनिक गरिएको छ । गायक प्रचण्डबाबु राईले गाएको गीत हालै सार्वजनिक गरिएको हो ।

गीत उमेश लम्सालले लेखेका हुन् । हरि लम्सालले संगीत भरेका छन् । गीतको भिडियो पनि तयार पारिएको छ । शिवन पोखरेलको निर्देशनमा तयार भिडियोमा गायक राई र पवित्रा आचार्यले मुख्य भूमिका निर्वाह गरेका छन् ।

सुदीप मैनालीको छायांकन र निरञ्जन केसीको सम्पादन रहेको म्युजिक भिडियोमा बाढीका कारण आफन्त र घरपरिवार गुमाउनुपर्दाको पीडा देखाइएको छ । बाढी प्रभावित क्षेत्रमा नै खिचेर भिडियो तयार गरिएको निर्देशक पोखरेलले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार