मुख्य समाचार
प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट | भोटेकोसी बाढीपीडितका निम्ति तीन हजार २७९ रोपनी जग्गा पहिचान | त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी भएको मृतक चालकको खुल्यो पहिचान | बिदाइको तामझाम नगरी अमेरिका जाँदै प्रधानमन्त्री | मलाई विस्थापित गर्ने बेमौसमी बाजा बजाइरहेका छन् :केपी ओली | जोखिम नरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई हतकडी लगाउन रोक | सुत्केरीलाई ६ महिना र श्रीमान्‌लाई ४२ दिन बिदा प्रस्ताव संसदमा |

कन्दरा ब्याण्डको नयाँ गीतमा प्रधानमन्त्रीको हस्ताक्षर
कन्दरा ब्याण्डको नयाँ गीतमा प्रधानमन्त्रीको हस्ताक्षर

Nagarik Sewa 4868+ समाचार ( )
३० मंगशिर २०८१, आइतबार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रिलिज तयारीमा रहेको नेपाली लोकरक ब्याण्ड कन्दराको नयाँ गीतमा हस्ताक्षर गरेका छन् । ओलीलाई भेट्न ब्याण्डका गायक विवेक श्रेष्ठ प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।

रिलिज तयारीमा रहेको कन्दराको नयाँ गीत ‘हुनेछ : द सङ अफ होप’मा प्रधानमन्त्रीले हस्ताक्षर गर्दै ब्याण्डको कन्सर्टमा आफू सहभागी हुने बताएका छन् ।

‘प्रधानमन्त्रीज्यूलाई मैले गीत सुनाएँ । उहाँ खुसी हुनुभयो । कन्दरा मैले सुनिरहेको ब्याण्ड हो भन्नुभयो । लक्ष्मीप्रसाद देवकोटाको कविता सुनौलो बिहानीसँग दाँज्नुभयो’ विवेकले अनलाइनखबरसँग भने ।

भेटमा प्रधानमन्त्रीले कन्दरा ब्याण्डका गीतहरूको चर्चा गरे । उनले ‘हङकङ पोखरा’, ‘पञ्चासे’जस्ता गीत सुनेको बताउँदै यी गीत आफ्ना प्रिय रहेको बताए । ‘उहाँले पञ्चासेबाट गुराँस टिपेर धर्मपत्नी राधिकालाई दिएको किस्सा पनि सुनाउनुभयो’ विवेकले भने ।

‘उहाँले संगीतमा चाख राख्ने मात्र हैन, जानकार पनि हुनुहुँदो रहेछ’ विवेकले अगाडि भने, ‘प्रधानमन्त्रीलाई यो नलेज हुँदा मलाई अनौठो लाग्यो ।’

भेटमा कन्दराको पछिल्लो सांगीतिक टुर ‘घरदेखि परदेश’को यात्राबारे जानकारी गराइएको छ । ‘राज्यले यस्तो पहलमा होस्टेमा हैंसे गरिदियो भने राम्रो हुन्छ भन्ने कुरा राख्यौं’ विवेकले भने ।

अंग्रेजी नयाँवर्षअघि नै रिलिज तयारीमा रहेको कन्दराको नयाँ गीतमा सुनिल थापाको शब्द र संगीत छ । विवेकले आवाज दिएका छन् । गीतलाई प्रधानमन्त्रीकै हातबाट रिलिजको पहल भइरहेको उनले बताए ।

‘मुलुकमा सकारात्मक सन्देश दिने र पहल गर्ने दायित्व कार्यकारी प्रमुखको हो । भेटमा उहाँले आफ्नो साथ रहने बताउनुभयो’ भेटबारे विवेकले भने ।

तृतीय पुरुषको शैलीमा लेखिएको यो गीतले आशाको सकारात्मक सन्देश फैलाउने विवेकले बताए । गीतलाई कुनैपनि विद्युतीय बाजाको प्रयोग नगरी एकस्टिक रेकर्डिङ गरिएको छ ।

लामो समयपछि जुर्मुराएको कन्दराले हालै पोखरा र काठमाडौंमा भव्य पुनरागमन कन्सर्ट गरिसकेको छ । १६ फागुनमा इलाममा गुञ्जिने ब्याण्डको तयारी छ । बुटवल र चितवनमा कन्सर्ट मिति तय हुन बाँकी छ । ४ जनवरीपछि ब्याण्डले अन्तर्राष्ट्रिय भ्रमण सुरु गर्दैछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार