मुख्य समाचार
प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट | भोटेकोसी बाढीपीडितका निम्ति तीन हजार २७९ रोपनी जग्गा पहिचान | त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी भएको मृतक चालकको खुल्यो पहिचान | बिदाइको तामझाम नगरी अमेरिका जाँदै प्रधानमन्त्री | मलाई विस्थापित गर्ने बेमौसमी बाजा बजाइरहेका छन् :केपी ओली | जोखिम नरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई हतकडी लगाउन रोक | सुत्केरीलाई ६ महिना र श्रीमान्‌लाई ४२ दिन बिदा प्रस्ताव संसदमा | असोज ९ देखि ११ गतेसम्म ‘भारी’देखि ‘अति भारी’ वर्षाको पूर्वानुमान | फिफाको निलम्बन फुकुवामा उच्चस्तरीय पहल जारी छ: खेलकुद मन्त्री पोखरेल |

बालेनलक्षित सुनिताको व्यंग्य 'स्टन्ट गरेर देश बन्दैन, काम गर्ने युवा बनौं'

Nagarik Sewa 4866+ समाचार ( )
११ वैशाख २०८२, बिहीबार

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले आफ्नो पार्टी नेकपा एमालेले सामाजिक सञ्जालमा भाँडभैलो गरेर उग्र बन्न नसिकाउने बताएकी छिन् । लोकतन्त्र दिवसको अवसर पारेर काठमाडौंको भृकुटिमण्डपमा आयोजित युथ सेलिब्रेसन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएकी हुन् ।

सम्बोधनको क्रममा उमप्रमुख डंगोलले आफूलाई एमाले मन पर्नुको कारण खुलाएकी थिइन् । ‘एमालेले कसैको घर जलाउन सिकाउँदैन् । कहिँ कतै लुटपाट गर्न युवा प्रयोग गर्दैन । एमालेले आफ्नो दश नंग्रा खियाएर राष्ट्रका लागि काम गर्न सधैं प्रेरित गरिरहन्छ,’ उपप्रमुख डंगोलले भनिन्, ‘त्यसकारण मलाई एमाले मन पर्छ । सोसल मिडियामा भाँडभैलो गरेर उग्र बन्न एमालेले सिकाउँदैन् । एमालेले राम्रा कामका प्रचार प्रसार गर्न युवा शक्तिको सदुपयोग गर्छ । त्यसकारण मलाई एमाले मन पर्छ ।’

उनले देश बनाउनका लागि स्टन्ट गर्न नहुने पनि बताइन् । ‘अहिले हामी देख्छौं, धेरै जना स्टन्ट गर्नुहुन्छ । बोल्नुहुन्छ, पपुलर बन्नुहुन्छ । अनि पपुलर बनेर मात्रै देश बन्छ जस्तो पनि गर्नुहुन्छ । तर, स्टन्ट गरेर देश बन्दैन,’ डंगोलले भनेकी छिन्, ‘स्टन्ट गरेर देश बन्दैन । स्टन्ट गरेर देश बन्छ ? देश बनाउने हो भने स्टन्ट गर्ने होइन, काम गर्ने युवा बनौं ।’

उनले अहिले आफ्नो पार्टीको नेतृत्व र आफूलाई समेत चारैतिबाट आक्रमण भइरहेको बताइन् । ‘अहिले हामीलाई चारैतिरबाट आक्रमण भएको महसुस गर्न सक्छौं । जतिसुकै आक्रमण भए पनि हामी विचलित हुने छैनौं । राष्ट्र निर्माणमा एकजुट भएर लाग्नेछौं,’ डंगोलले भनिन् ।

आफू सधैं आफ्नो पदप्रति बफादार भएर काम गरिरहेको उनको भनाइ छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार