मुख्य समाचार
सार्वजनिक सवारीसाधनको बाटो इजाजत/सञ्चालनमा कडाइ | नेप्सेमा वृद्धि | ट्रम्प र सीबीच हुँदैछ यी महत्वपूर्ण विषयमा छलफल | मूल्यवृद्धिको विषयमा संसदमा वादविवाद | सांसदहरूलाई नियमापत्तिको आधार पुष्टि गर्न निर्देशन | जलवायु जोखिमबाट स्वच्छ ऊर्जा नेतृत्वतर्फ अघि बढ्नुपर्छ : सञ्चार उद्यमी ज्ञवाली | विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न |

वर्तमान सरकार नेपालीको सरकार होईनः अध्यक्ष ओली

Nagarik Sewa 4881+ समाचार ( )
२३ अशोज २०८२, बिहीबार

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिहीबार एमाले भक्तपुर जिल्ला कमिटीले बिहीबार गुण्डुमा आयोजना गरेको कार्यक्रममा बोल्दै सुशीला कार्की नेतृत्वको वर्तमान सरकार नेपालीको सरकार नभएको दाबी गरेका छन् । ओलीले वर्तमान सरकार संविधान अनुसार नभइ बलमिच्याँइले बनेको दाबी गरेका छन् ।

उनले भने, ‘यो नेपालीको सरकार होइन ।’ ओलीले गृहमन्त्रीलाई आफूले नचिनेको तर सम्हालिन सुझाव दिए । उनले राजनीतिलाई ख्यालठट्टा नठान्न चेतावनी समेत दिए ।

‘अहिलेका प्रधानमन्त्रीले प्रधानमन्त्री बन्नका लागि संसद् भंग गर्न सर्त राख्नुभयो । संसद् भंग गर्ने पूर्वसर्त राखेर जनताको सर्वोच्च सार्वभौम संस्थाको र लोकतन्त्रको जग भत्काउने सर्तमा प्रधानमन्त्री बन्नुभयो’, ओलीले भने, ‘उहाँलाई राम्ररी थाहा छ– संविधानको व्याख्या गरेर आउनुभएको हो । केके गर्नुभयो त्यो उहाँलाई थाहा छ ।’

ओलीले रातिराति मिटिङ गरेर आफूसहित रमेश लेखकलाई पक्राउ गरेको भन्दै सडकमा समेत सरकार आफैँ तमासा गरिरहेको बताए । उनले आफ्नो पासपोर्ट रोक्का गर्ने र उपत्यका छाड्न नमिल्ने भनेर गरिएको सडक तमासा गरिएपनि सुशीला कार्कीको डरले आफू नभाग्ने बताए । पूर्वप्रधानमन्त्री ओलीले जनेजी नामका बालबालिका अगाडि सारेर पेट्रोल फ्याँक्ने र आगो लगाउनेहरूलाई यो सरकारले कारबाही नगरे पनि क्षम्य हुन नसक्ने बताए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै