मुख्य समाचार
सार्वजनिक सवारीसाधनको बाटो इजाजत/सञ्चालनमा कडाइ | नेप्सेमा वृद्धि | ट्रम्प र सीबीच हुँदैछ यी महत्वपूर्ण विषयमा छलफल | मूल्यवृद्धिको विषयमा संसदमा वादविवाद | सांसदहरूलाई नियमापत्तिको आधार पुष्टि गर्न निर्देशन | जलवायु जोखिमबाट स्वच्छ ऊर्जा नेतृत्वतर्फ अघि बढ्नुपर्छ : सञ्चार उद्यमी ज्ञवाली | विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न |

बीबीसीको विश्वभरका उत्कृष्ट १०० महिलाको सूचि सार्वजनिक

Nagarik Sewa 4881+ समाचार ( )
१८ मंगशिर २०८१, मङ्गलबार

काठमाडौं। बीबीसीले सन् २०२४ सालको विश्वभरका प्रेरणादायी र प्रतिभाशाली उत्कृष्ट १०० महिलाको सूचि सार्वजनिक गरेको छ। यसमा पर्यावरण, संस्कृति र शिक्षा, मनोरञ्जन, खेलकुद, राजनीति, वकालत, विज्ञान, स्वास्थ्य र प्रविधि जस्ता क्षेत्रमा रहेर समाज तथा विश्ववलाई नै सकारात्मक योगदान पुर्‍याएका महिलाहरु समावेश छन्।

त्यो सूचीमा नेपालकी शिलशिला आचार्य पनि परेकी छन्।  शिलशिलाले नेपालमा सबैभन्दा ठूलो प्लास्टिक रिसाइक्लिङ्ग नेटवर्क सञ्चालन गरेकी छन्। उनको फोहोर व्यवस्थापन व्यवसाय, अवनी भेन्चर्सले विपन्न व्यक्तिहरूलाई रोजगारी प्रदान गर्नुका साथै र हरित क्षेत्रमा महिला सहभागिता बढाउनमा केन्द्रित रहेको मानिन्छ।

सन् २०१४ मा सञ्चालित ‘धन्यवाद, म मेरो झोला बोक्छु’ अभियानमा शिलशिला आचार्यले महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन्। त्यसपछि प्लाष्टिकको झोलामा विभिन्न ठाउँमा प्रतिबन्ध लगाइएको थियो।

जलवायु तथा फोहोरमैला व्यवस्थापन सम्बन्धी सचेतना अभियान चलाउने शिलशिलाले हिमालमा पर्वतारोहीले छोडेको फोहोर सफा गर्ने वार्षिक अभियानमा पनि योगदान दिएकी छिन्। सन् २०१९ देखि हालसम्म उनले हिमालबाट ११९ टन फोहोर निकालिसकेकी छन्।

आफ्नो कामबाट शिलशिलाले जम्मा भएको फोहोरलाई रिसायकल गर्छिन्। हस्तशिल्पमा विज्ञ महिलाहरूले यस फोहोरबाट टोकरी, चटाई र कृत्रिम गहनाहरू तयार पार्छन्, जसले उनीहरूको जीविकोपार्जनमा पनि मद्दत गर्दछ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार