मुख्य समाचार
सार्वजनिक सवारीसाधनको बाटो इजाजत/सञ्चालनमा कडाइ | नेप्सेमा वृद्धि | ट्रम्प र सीबीच हुँदैछ यी महत्वपूर्ण विषयमा छलफल | मूल्यवृद्धिको विषयमा संसदमा वादविवाद | सांसदहरूलाई नियमापत्तिको आधार पुष्टि गर्न निर्देशन | जलवायु जोखिमबाट स्वच्छ ऊर्जा नेतृत्वतर्फ अघि बढ्नुपर्छ : सञ्चार उद्यमी ज्ञवाली | विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न |

ज्येष्ठ नागरिकलाई हवाई टिकटमा ५० प्रतिशत छुट

Nagarik Sewa 4881+ समाचार ( )
३ कार्तिक २०८२, आइतबार

काठमाडौं। आन्तरिक वायुसेवा कम्पनीहरूले ७० वर्षभन्दा बढी उमेरका ज्येष्ठ नागरिकलाई हवाई टिकटमा ५० प्रतिशत छुट दिने भएका छन्। यस सम्बन्धमा नेपाल नागरिक उड्डयन प्राधिकरण र वायुसेवा सञ्चालक संघका प्रतिनिधिबीच आइतबार सहमति भएको हो ।

प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको अध्यक्षतामा संघका अध्यक्ष मनोज कार्की र सदस्य वायुसेवाका प्रतिनधिबीच भएको बैठकले यस्तो सहमति गरेको हो। प्राधिकरणका अनुसार भाडा दरमा छुट सबै सेक्टरका लागि उपलब्ध हुनेछ, छुट पाउने ५० प्रतिशत भनेको सरकारले तोकेको अधिकतम भाडा दरमा हो ।

त्यसैगरी ७५ वर्षभन्दा माथि उमेरका ज्येष्ठ नागरिकलाई ७० प्रतिशत र ८० वर्षभन्दा माथिकालाई ८० प्रतिशत छुट दिइने छ । जुनसुकै उमेर समूहका फरक क्षमता भएका हवाई यात्रुलाई न्यूनतम ५० प्रतिशत छुट दिइने प्राधिकरणको भनाइ छ । छुट सहमति आइतबारदेखि नै कायान्वयन गर्न प्राधिकरणले वायुसेवा कम्पनीहरूलार्य निर्देशन दिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार