आज २१ औँ राष्ट्रिय महिला स्वयम् सेविका दिवस

Nagarik Sewa 4925+ समाचार ( )
२० मंगशिर २०८१, बिहीबार

काठमाडौं। देशभर 'विविध स्वास्थ्य क्रियाकलापहरूमा महिला सामुदायिक स्वास्थ्य स्वयम् सेविकाको भूमिका, स्वस्थ समाज निर्माणमा सहभागिता' भन्ने नाराका साथ बिहीबार २१ औँ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयम् सेविका दिवस मनाइँदै छ ।   

महिला स्वास्थ्य स्वयंसेविका मातृ शिशु तथा परिवार योजना कार्यक्रम जनताको घरदैलो सम्म पुर्‍याउने उद्देश्यले वि सं २०४५ सालदेखि यो कार्यक्रम सुरु भएको हो। 

महिला स्वास्थ्य सेविकाले देशभर प्रजनन स्वास्थ्य जस्तै परिवार योजना, सुरक्षित मातृत्व, सुरक्षित गर्भपतन, नवजात शिशु स्याहार तथा बालरोग, खोप, पोषण, किशोरावस्था र महिनावारी, प्रजनन रुग्णता, ज्येष्ठ नागरिक, यौन तथा यौनजन्य रोग, किटजन्य रोगहरू, सरुवा रोग नियन्त्रण, नसर्ने रोगहरू, व्यक्तिगत सरसफाइ तथा जनस्वास्थ्य अभियानहरू लगायतका  कार्य गर्दै आएका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार