काठमाडौं। बीपी राजमार्ग सडक खण्डको सिन्धुलीको सुनकोशी गाउॅपालिका ६ चैनपुरमा विराटनगरबाट काठमाडौंतर्फ जाँदै गरेको कार दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने अन्य २ जना घाइते भएका छन्। बा ७ च ७५५४ नम्बरको कार मंगलबार बिहान आफैं अनियन्त्रित भई सडकदेखि अन्दाजी ४२ फिट तल खसेर दुर्घटना भएको थियो ।
दुर्घटनामा परी मोरङको विराटनगर उपमहानगरपालिका १७ का ६५ वर्षिया ओमबहादुर अर्जेलको मृत्यु भएको सिन्धुलीका प्रहरी प्रमुख लालध्वज सुवेदीले जानकारी दिए । कार ओमबहादुरले चलाएका थिए । कारमा सवार उनकी श्रीमती ४९ वर्षीया सुनिता अर्जेल र ३१ वर्षीय छोरा निशान्त घाइते भएका छन् ।