मुख्य समाचार
विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न | आज काठमाडौंमा दिनभर वर्षा | एसियाली खेलकुदमा नेपालले जित्यो पहिलो पदक | ट्राफिक अदालत स्थापना गर्न रास्वपा सांसदको माग | प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक |

निजामती कर्मचारीहको सरुवा मापदण्ड परिमार्जन गर्न मन्त्री न्यौपानेको निर्देशन

Nagarik Sewa 4875+ समाचार ( )
७ श्रावण २०८२, मङ्गलबार

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले निजामती कर्मचारीहरुको सरुवा, पदस्थापना, काज सरुवासम्बन्धी मापदण्डलाई समयानुकल परिमार्जन गर्न मन्त्रालयका अधिकारीलाईहरुलाई निर्देशन दिएकी छन् । मन्त्रालयका सचिव र सहसचिवहरुसँग मन्त्री न्यौपानेले निजामती कर्मचारीहरुको सरुवा, पदस्थापना तथा काज सरुवासम्बन्धी कामलाई निश्पक्ष, पारदर्शी तथा बस्तुगत बनाउनका लागि मापदण्डलाई समयानुकूल परिमार्जन गरि राय सुझाव पेस गर्न निर्देशन दिएकी हुन् ।

मापदण्ड समयानुकल परिमार्जन गरेपछि मात्रै कर्मचारीहरुको सरुवासम्बन्धी काम हुने भएकोले जतिसक्दो चाँडो सुझाव आफूलाई पेस गर्न मन्त्री न्यौपानेले निर्देशन दिएकी छन् । साथै विगतमा बनेका मापदण्ड कार्यान्वयन नभएको हुँदा अब उक्त मापदण्डलाई कडाइका साथ अनिवार्य लागू गरिने मन्त्री न्यौपानेको भनाइ छ ।

मन्त्री न्यौपानेले कर्मचारी सरुवालाई पूर्वअनुमानयोग्य बनाउन पनि निर्देशन दिएकी छन् । यसैगरी मन्त्री न्यौपानेले निजामती कर्मचारीहरुको गुनासो सुुनुवाइको लागि मन्त्रालयमा छुट्टै गुनासो सुनुवाइ संयन्त्र पनि निर्माण गर्ने बताएकी छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार