मुख्य समाचार
सार्वजनिक सवारीसाधनको बाटो इजाजत/सञ्चालनमा कडाइ | नेप्सेमा वृद्धि | ट्रम्प र सीबीच हुँदैछ यी महत्वपूर्ण विषयमा छलफल | मूल्यवृद्धिको विषयमा संसदमा वादविवाद | सांसदहरूलाई नियमापत्तिको आधार पुष्टि गर्न निर्देशन | जलवायु जोखिमबाट स्वच्छ ऊर्जा नेतृत्वतर्फ अघि बढ्नुपर्छ : सञ्चार उद्यमी ज्ञवाली | विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न |

९.४३ अङ्कले घट्यो नेप्से

Nagarik Sewa 4881+ समाचार ( )
८ माघ २०८२, बुधवार

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज परिसूचक नेप्से ९.४३ अङ्कले घटेर २७०५.३८ को बिन्दुमा कायम भएको छ। आज ३२४ कम्पनीको दुई करोड १६ लाख ४१ हजार ८८३ कित्ता शेयर ८९ हजार ७६६ पटक खरिदबिक्री हुँदा आठ अर्ब ९२ करोड ३६ लाख ५० हजार ३४६ दशमलव ९९ को कारोबार भएको नेप्सेले जनाएको छ।

अन्य समूहको उपसूचक शून्य दशमलव २६ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । बैंकिङ शून्य दशमलव १८, विकास बैंक शून्य दशमलव ५९, वित्त एक दशमलव ६७, होटल तथा पर्यटन एक दशमलव ८८ र जलविद्युत् समूह शून्य दशमलव शून्य तीन प्रतिशतले घटेको छ । त्यस्तै लगानी शून्य दशमलव ६४, जीवन बिमा शून्य दशमलव ३६, उत्पादन तथा प्रशोधन शून्य दशमलव ४६, लघुवित्त शून्य दशमलव २६, म्युचुअल फण्ड शून्य दशमलव ६५, निर्जीवन बिमा शून्य दशमलव ३० र व्यापार समूह एक दशमलव २१ प्रतिशतले घटेको छ ।

कालिका पावर कम्पनी लिमिटेडको शेयर मूल्य आज सबैभन्दा बढी नौ दशमलव ८४ प्रतिशतले बढेको छ । सबैभन्दा बढी गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य पाँच दशमलव ८९ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा बढी आखुखोला जलविद्युत् कम्पनी लिमिटेडको ४३ करोड ३६ लाख ३६ हजार ४१३ बराबरको १८ लाख ८० हजार ४५४ कित्ता शेयर किनबेच भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार