५१.३७ अंकले घट्यो नेप्से

Nagarik Sewa 4387+ समाचार ( )
१ पौष २०८१, सोमबार

काठमाडौं। सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ५१.३७ अंकले घटेको छ । आज नेप्से १.९१ प्रतिशतले घटेर १६३०.९१ विन्दुमा पुगेको छ । 

नेप्से घट्दा ५ अर्ब ९३ करोड ५६ लाख ४ हजार बराबरको १ करोड २७ लाख ४५ हजार ७७७ कित्ता शेयर कारोबार भएको छ । यस्तै १५ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने २२७ वटा कम्पनीको शेयर मूल्य घटेको छ । २ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । ३०४ वटा कम्पनी कारोबारमा आउँदा ६७ हजार ६४८ पटक शेयर किनबेच भएको छ ।

यता १३ समूहमा पनि सबै समूहमा राताम्य छाएको छ । आज बसैभन्दा बढी फाइनान्स समूह ४.४१ प्रतिशतले घटेर ३ हजार ११५.७६ विन्दुमा पुगेको छ भने सबैभन्दा कम म्युचुअल फण्ड समूह ०.९१ प्रतिशतले घटेर २१.५२ विन्दुमा पुगेको छ ।

त्यस्तै, वाणिज्य बैंक समूह १.४९ प्रतिशतले, विकास बैंक २.०३ प्रतिशतले, होटेल तथा पर्यटन २.३१ प्रतिशतले, हाइड्रोपावर २.३१ प्रतिशतले, लगानी १.५६ प्रतिशतले, जिवन बिमा १.८१ प्रतिशतले, उत्पादन तथा प्रशोधन १.१६ प्रतिशतले, लघुवित्त १.८६ प्रतिशतले, निर्जीवन बिमा १.४२ प्रतिशतले, अन्य समूह १.४५ प्रतिशतले र ट्रेडिङ समूह ३.५५ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार