धारिलो हतियार प्रहार गरी ६० वर्षीय पुरुषको हत्या

Nagarik Sewa 4387+ समाचार ( )
३ मंगशिर २०८२, मङ्गलबार

काठमाडौं। महोत्तरीको जलेश्वर आगेपुरमा धारिलो हतियार प्रहार गरी ६० वर्षीय पुरुषको हत्या भएको छ। जलेश्वर नगरपालिका–९ आगेपुरका ६० वर्षीया बेचन राइनलाई सोमबार साँझ धारिलो हतियार प्रहार गरी हत्या गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक शैलेन्द्रकुमार भट्टले बताए।

साँझ करिब ७ बजे राइनको हत्या भएको जानकारी आएपछि हत्यामा संलग्न रहेको आशंकामा धनुषा जनकपुरधाम उपमहानगरपालिका वेंगाशिवपुरका पप्पु भनिने अनिल मण्डललाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध सेवन गरी अचेत अवस्थामा रहेका मण्डललाई सोमबार साँझ नै पक्राउ गरीएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार