जनमतको अध्यक्षमा पुनः सीके राउत

Nagarik Sewa 4927+ समाचार ( )
१८ अशोज २०८३, आइतबार

काठमाडौं । जनमत पार्टीको अध्यक्षमा डा. सीके राउत पुनः निर्वाचित भएका छन् । पार्टीको दोस्रो महाधिवेशनबाट राउत ९५८ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् ।  अध्यक्ष पदमा राउतको मात्रै उमेदवारी परे पनि निर्वाचन प्रक्रियामार्फत उनलाई निर्वाचित गरिएको हो । 

राष्ट्रिय उपाध्यक्षमा राउतका दाजु डा. जयकान्त राउतसहित सातजना निर्वाचित भएका छन् । उपाध्यक्षमा अनिताकुमारी मण्डल, अनितादेवी साह, नरेन्द्रप्रसाद चौधरी, बसन्तकुमार कुशवाहा, राजकुमार यादव (त्यागी), माधवप्रसाद सिंह र जयकान्त राउत निर्वाचित भएका हुन् । 

राष्ट्रिय महासचिवमा संजयकुमार यादव र राष्ट्रिय उपमहासचिवमा निर्मलकुमार मण्डल निर्वाचित भएका छन् । त्यस्तै, राष्ट्रिय सचिवमा सुरेन्द्र शर्मा मधेसी, पारसप्रसाद साह, सन्तोषराज सहनी, अन्जनी देवी, राधाकुमारी यादव, हरेन्द्र चौधरी र बालगोविन्द चौधरी निर्वाचित भएका छन् । 

महाधिवेशनबाट १७ पदाधिकारीसहित १०० जना पदाधिकारी तथा सदस्य प्रत्यक्ष निर्वाचित भएका छन् । बाँकी ५१ जना सदस्य समावेशी आधारमा मनोनयन गरिने जनमत पार्टीले जनाएको छ । यससँगै दोस्रो महाधिवेशनबाट जनमत पार्टीको १५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समिति गठन हुनेछ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार