मुख्य समाचार
प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट | भोटेकोसी बाढीपीडितका निम्ति तीन हजार २७९ रोपनी जग्गा पहिचान | त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी भएको मृतक चालकको खुल्यो पहिचान | बिदाइको तामझाम नगरी अमेरिका जाँदै प्रधानमन्त्री | मलाई विस्थापित गर्ने बेमौसमी बाजा बजाइरहेका छन् :केपी ओली | जोखिम नरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई हतकडी लगाउन रोक | सुत्केरीलाई ६ महिना र श्रीमान्‌लाई ४२ दिन बिदा प्रस्ताव संसदमा | असोज ९ देखि ११ गतेसम्म ‘भारी’देखि ‘अति भारी’ वर्षाको पूर्वानुमान | फिफाको निलम्बन फुकुवामा उच्चस्तरीय पहल जारी छ: खेलकुद मन्त्री पोखरेल |

काठमाडौं र ललितपुरमा सार्वजनिक बिदा खारेज

Nagarik Sewa 4866+ समाचार ( )
२० अशोज २०८२, सोमबार

काठमाडौं । लगातारको वर्षाका कारण उत्पन्न हुनसक्ने विपद्को जोखिमका कारण घोषणा गरिएको सार्वजनिक बिदा खारेज गरिएको छ। मौसममा सुधार आएको र जोखिमको अवस्था टरेको ठहर गर्दै काठमाडौं र ललितपुर जिल्ला प्रशासन कार्यालयहरूले आइतबार राति सूचना जारी गर्दै सोमबार (२०८२ असोज २०) देखि सरकारी कार्यालय र सार्वजनिक सेवाहरू नियमित रूपमा सञ्चालन हुने जनाएका छन्।

गृह मन्त्रालयको निर्देशनअनुसार, विपद् जोखिम न्यूनीकरण र प्रतिकार्य कार्यमा प्रत्यक्ष रूपमा संलग्न नरहेका जिल्लाहरूमा सेवा नियमित गर्न भनिएपछि राजधानीका दुई जिल्लामा बिदा खारेजीको निर्णय गरिएको हो।

काठमाडौं प्रशासन कार्यालयले जारी गरेको सूचनामा भनिएको छ, “मिति २०८२/०६/२० सोमबार बिहान १० बजेदेखि कार्यालय समयसम्म काठमाडौँ जिल्लाका सबै प्रकारका सरकारी कार्यालय, संस्थान र स्थानीय तहबाट सेवा प्रवाह हुने गरी कार्यालय खुला राख्न तथा कर्मचारीहरूको उपस्थितिको व्यवस्था मिलाउन अनुरोध गरिएको छ।”

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार