मुख्य समाचार
सार्वजनिक सवारीसाधनको बाटो इजाजत/सञ्चालनमा कडाइ | नेप्सेमा वृद्धि | ट्रम्प र सीबीच हुँदैछ यी महत्वपूर्ण विषयमा छलफल | मूल्यवृद्धिको विषयमा संसदमा वादविवाद | सांसदहरूलाई नियमापत्तिको आधार पुष्टि गर्न निर्देशन | जलवायु जोखिमबाट स्वच्छ ऊर्जा नेतृत्वतर्फ अघि बढ्नुपर्छ : सञ्चार उद्यमी ज्ञवाली | विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न |

कसैको दबाब वा प्रभावमा गृहमन्त्री नहटाइनेः प्रधानमन्त्रीको सचिवालय

Nagarik Sewa 4881+ समाचार ( )
१४ कार्तिक २०८२, बिहीबार

काठमाडौं। प्रधानमन्त्रीको स्वकीय सचिवालयले आज विज्ञप्ति निकालेर कसैको दबाब वा प्रभावमा गृहमन्त्री नहटाइने प्रष्टीकरण दिएको छ। गृहमन्त्री ओमप्रकाश अर्याललाई पदबाट हटाउन दबाब दिएका खबर आएकोप्रति सचिवालयले विज्ञप्ति मार्फत प्रष्ट पार्न खोजेको हो।

‘केही दिनदेखि गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दबाब दिइरहेको भनी विभिन्न सञ्चार माध्यममा आएका भ्रमपूर्ण विवरणहरूप्रति प्रधानमन्त्रीज्यूको ध्यानाकर्षण भएको छ,’ प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले विज्ञप्ति निकालेर उल्लेख गरेका छन्, ‘कसैलाई कुनै मन्त्री बनाउने वा हटाउने विषय विशुद्ध सम्मानीय प्रधानमन्त्रीज्यूको अधिकारक्षेत्रको विषय हो। कसैको दबाब वा प्रभावमा यस्तो निर्णय हुन पनि सक्दैन।’

जेनजी आन्दोलनबाट व्यक्त जनादेशअनुरूप यो सरकार गठन भएको र असामान्य परिस्थितिमा राष्ट्रको गहन जिम्मेवारी सम्हाल्न आएका गृहमन्त्री अर्याल आगामी निर्वाचन सम्पन्न गर्नका लागि वातावरण निर्माण गर्न लागिपरेको पनि उनले उल्लेख गरेका छन्।

‘शान्ति सुरक्षा कायम राख्न र सुरक्षा संगठनहरूको मनोबल उच्च राख्न अहोरात्र खटिरहनुभएको सबैलाई विदितै रहेको छ। यस संवेदनशील परिस्थितिमा यस्ता अफवाह नफैलाउन र नपत्याउन पनि सम्बन्धित सबै पक्षलाई अनुरोध गरिन्छ,’ प्रधानमन्त्रीको सचिवालयले भनेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार