मुख्य समाचार
प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट | भोटेकोसी बाढीपीडितका निम्ति तीन हजार २७९ रोपनी जग्गा पहिचान | त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी भएको मृतक चालकको खुल्यो पहिचान | बिदाइको तामझाम नगरी अमेरिका जाँदै प्रधानमन्त्री | मलाई विस्थापित गर्ने बेमौसमी बाजा बजाइरहेका छन् :केपी ओली | जोखिम नरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई हतकडी लगाउन रोक | सुत्केरीलाई ६ महिना र श्रीमान्‌लाई ४२ दिन बिदा प्रस्ताव संसदमा |

अंशु गौतम हत्याका मुख्य आरोपी पदमबहादुर अधिकारी पुर्पक्षका लागि कारागार चलान

Nagarik Sewa 4868+ समाचार ( )
१८ पौष २०८२, शुक्रबार

काठमाडौं। मोरङको लेटाङ नगरपालिका–२, फडानीकी १३ वर्षीया बालिका अंशु गौतमको हत्या प्रकरणका मुख्य आरोपी पदमबहादुर अधिकारीलाई जिल्ला अदालत मोरङले पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको छ। जबरजस्ती करणी उद्योग गरी निर्ममतापूर्वक ज्यान मारेको कसूरमा बिहीबार थुनछेक बहसपछि जिल्ला न्यायाधीश टंकबहादुर महतको इजलासले पूर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो।

असोज २१ गते हराएकी अंशुको शव कात्तिक ७ गते टाउको र शरीर अलग भएको अवस्थामा जंगलमा फेला परेको थियो । प्रहरीले मंसिर १८ गते अंशुको हत्या आरोपमा पदमबहादुरलाई पक्राउ गरेको थियो । मंसिर २१ गते जग (जस्टिस फर अंशु गौतम) अपरेसन मार्फत बलात्कारपछि हत्या भएको निष्कर्षसहित अधिकारीलाई प्रहरीले सार्वजनिक गरेको थियो। बयानका क्रममा उनले बलात्कार प्रयास असफल भएपछि हत्या गरेको स्वीकार गरेका थिए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार