४१.६७ अंकले बढ्यो नेप्से

Nagarik Sewa 4387+ समाचार ( )
१३ चैत्र २०८१, बिहीबार

काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) बिहीबार ४१.६७ अंकले बढेर २६६३.५४ विन्दुमा पुगेको छ । आज नेप्से १.५८ प्रतिशतले बढ्दा कारोबार पनि बढेको छ । ५ अर्ब २२ करोड ३० लाख ८३ हजार रुपैयाँ बराबरको ९७ लाख ७२ हजार १९६ कित्ता शेयर कारोबार भएको छ । 

यस्तै २२७ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १६ वटा कम्पनीको शेयर मूल्य घटेको छ । आज कुनैपनि कम्पनीको शेयर मूल्य भने स्थिर छैन । 

आज दिनभरमा ३०९ वटा कम्पनीको शेयर ५५ हजार ४४२ पटक किनबेच भएको छ । आज १३ वटा समूहमध्ये सबै समूहमा हरियाली छाएको छ । सबैभन्दा बढी ट्रेडिङ समूह ५.०५ प्रतिशतले बढेर ४ हजार २६२.२८ विन्दुमा पुगेको छ । आज सबैभन्दा कम म्युचुलअ फण्ड समूह ०.४१ प्रतिशतले बढेर १९.१६ प्रतिशतमा पुगेको छ । 

त्यस्तै, वाणिज्य बैंक समूह ०.९९ प्रतिशतले, विकास बैंक १.१८ प्रतिशतले, फाइनान्स १.४५ प्रतिशतले, होटल तथा पर्यटन ०.६५ प्रतिशतले, हाइड्रोपावर १.२१ प्रतिशतले, लगानी २.१६ प्रतिशतले, जीवन बीमा १.७९ प्रतिशतले, उत्पादन तथा प्रशोधन १.०१ प्रतिशतले, लघुवित्त २.२८ प्रतिशतले, निर्जीवन बीमा ०.९५ प्रतिशतले र अन्य समूह १.६८ प्रतिशतले बढेको छ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार